कञ्चनपुरमा बन्दकर्ताले गरे सरकारी वकिल कार्यालय र गाडीमा तोडफोड

कञ्चनपुर, असोज १६ । निर्मला हत्या प्रकरणमा उच्चस्तरीय छानविन समितिले तयार पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलनरत काँग्रेसको भातृ संगठन नेविसंघले आज कञ्चनपुर बन्द गरेको छ । 

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै आन्दोलनमा उत्रिएका बन्दकर्ताले महेन्द्रनगरमा सरकारी वकिल कार्यालय र कार्यालय परिषरमा रोकिराखेको गाडीमा तोडफोड समेत गरेका छन्। 

नाराबाजीसहित बिहानैदेखि प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले बा २ झ २७१५ नम्बरको वकिलको गाडीमा तोडफोड गर्नुका साथै कार्यालयको कम्प्यूटर, टेबल लगायतका सामग्री तोडफोड गरेका छन् । 

null

बन्दलाई मध्यनजर गरेर कञ्चनपुरका ठाउँ–ठाउँमा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संघसस्था, उद्योग कलकारखाला पनि ठप्प छन् । 

उनीहरुले अपराधि पत्ता लगाउनुपर्ने, अनुसन्धानमा सग्लन प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् । सरकारले अपराधीलाई सार्वजनिक नगरी संरक्षण गरिरहेको आरोप लगाउँदै उनीहरुले सरकार बिरुद्ध नारावाजी समेत गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *