डीआइएस पनि अनलाइन , पर्सिबाट सेवा सुचारु

काठमाडौँ, असोज १६ ।  सेयर कारोबारमा सेयर बेच्दा सेयरधनीले आफ्नो आफ्नो डीपीमार्फत डेबिट गर्न दिइने निर्देशन पूर्जा अर्थात डेविट इन्सट्रक्सन स्लिप बोकेर ब्रोकर कार्यालय धाउनुपर्ने व्यवस्थाको अन्तः हुने भएको छ ।पर्सिदेखि ईडीआईएस प्रणालीमार्फत सीडीएससीको मेरो सेयर मार्फत सेयरधनीहरुले इडीआईएस अप्सनको सुविधा पाउने सिडीएससीले मकालुखबरलाई जानकारी दिएका छ ।मेरो सेयर पोर्टलको ईडीआईएस अप्सनमा गई आफूले कारोबार गरेको डिटेल आउँछ । त्यहाँ पूल एकाउन्ट ब्रोकरको हुनेछ । क्वान्टिटी टू बी ट्रान्सफर्ड भन्ने अप्सन पनि हुन्छ अनि आफूले बेचेको सेयर क्वान्टिटी अटोमेटिक आउँछ,त्यसपछि रिक्वेष्ट सेन्ड गर्दा ओके बटन डीपीकोमा जानकारी जान्छ । डीपीकहाँ पठाउँदा डीपीले डेबिट गर्ने प्रणालीको विकास हुने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले भने । सिस्टम चाहिँ टी प्लस टु नै भएपनि ब्रोकरकोमा नगई २ कार्यदिनभित्र मेरो सेयरमार्फत रिक्वेस्ट पठाउन सकिने उनले जानकारी दिए । 

बेच्ने लगानीकर्ताले रिक्वेष्ट पठाउँदा ईडीआईएसकै अर्को अप्सन ट्रान्सफर रिक्वेष्टको स्टाटस पनि हेर्न मिल्ने न्यौपानेले भने । स्टाटसमा पेण्डिगं अप्सन वा एक्नोलेज अप्सन आउनेछ । पेण्डिगंको अर्थ डीपीले सेटलमेण्ट नभएको बुझाउँने र एक्नोलेजमेण्टबाट डीपीले आवश्यक प्रक्रिया पूरा भएको बुझाउँछ, न्यौपाने भन्छन् ।डीपीकोमा गएर डीआईएस चेक दिनुपर्ने झञ्झट नहुने र सेयर ब्रोकरको पनि लागत र समय बचत भई सेयर हस्तान्तरणमा सहजता थपिने भएको हो । 

नेप्सेले चाँडै ल्याउन लागेको पूर्ण अनलाईन प्रणालीमा अनलाईन ट्रेडिगं सँगसँगै सेयर हस्तान्तरण अनलाईन नै हुने भएपछि सेयर बजारको विकासमा कोशेढुंगा प्रमाणित हुनेमा सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने दाबीसमेत गरे । 

null

उनका अनुसार यस प्रणालीबाट क्लोजआउटको समस्या पनि पूर्ण रुपमा रोकिने न्यौपानेले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *