जापान पठाइदिने भन्दै १९ लाख ठगी
मकालु खबर
२०७५ कार्तिक ८ गते
कात्तिक ७, काठमाडौँ । जापान पठाइदिने प्रलोभनमा पारि ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रोजगारीका लागि जापान पठाइदिने भन्दै १९ लाख रकम ठगी गर्ने ३७ वर्षीय दिनेश कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दोलखाको मेलुङ गाउँपालिकाका वडा नम्बर १ पोवटी घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने कोइरालालाई प्रहरीले काठमाडौँको बालुवाटारबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
null
उनले जापान पठाईदिने भन्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका वडा नम्बर १ बस्ने श्याम खड्काबाट १९ लाख रकम असुलेका थिए । पैसा दिएको लामो समय बितिसक्दा पनि जापान नपठाएपछि पीडित युवकले प्रहरीमा उजुरी दिएका आधारमा कोइरालामाथि कारबाही सुरु गरिएको हो ।
मकालु खबर
२०७५ कार्तिक ८ गते
प्रतिक्रिया
सम्बन्धित