जीप दुर्घटना हुँदा चालकको ज्यान गयो
मकालु खबर
२०७५ कार्तिक ७ गते
अर्घाखाँची – मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगी घाटखोलामा लु १ ज ३५०३ नम्बरको जीप दुर्घटना हुँदा चालकको ज्यान गएको हो । जीप चालक गुल्मीको धुर्कोट गाँउपालिका–३, गल्धा बस्ने शेरबहादुर थापा इन्द्रको उपचारका लागि बुटवल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
सन्धिखर्कदेखि गुल्मीको भनभने जान हिँडेको जीप दुर्घटनामा परेको हो । गाडीमा १५ जना सवार थिए । चालक बाहेक अन्य कोही पनि दुर्घटनामा घाइते नभएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।
null
मकालु खबर
२०७५ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित