विद्युतीय बस सेवा सञ्चालनमा आउँदै

कात्तिक ६, काठमाडौँ । साझा यातायातले काठमाडौंमा विद्युत्तीय बस सेवा सञ्चालनमा ल्याएको छ । उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्नका निमित्त साझाले विद्युत्तीय बस सञ्चालनमा ल्याएको हो । 

ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युत्तीय बस सेवाको उद्घाटन गरे । 

लुम्बिनी विकास कोषले एडिबीको आर्थिक सहयोगमा यी बसहरु ल्याएको हो । लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले यी बस चलाउने जनाइएको छ । 

null

विद्युत्तीय बसहरु चिनियाँ कम्पनीले निर्माण गरेका हुन् । चालकसहित २० सिटको क्षमताका ती बसहरुमा सीसी क्यामेरा लडान गरिएका छन् । अपांगमैत्री रहेको बस एकपटक चार्ज गरेपछि २५० किलोमिटर गुड्ने जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *