नेपाली आमाको घरलाई आर्थिक सहयोग

कार्तिक ५, काठमाडाैं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेपाल प्रज्ञा–प्रतिष्ठान)ले ‘नेपाली आमाको घर’लाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । 

कालिकोट नजिकैको घट्टेखोला किनारमा बडेमानको ढुंगाको ओडारलाई घर बनाएर बसोबास गर्दै आएकी ७२ वर्षीया गंगामाया पुलामी मगरलाई नगद पाँच हजार पाँच सय आर्थिक सहयोग गर्ने भएको हो । 

पतिसहित दुई छोरा, दुई छोरी, नाति–नातिना तथा पनातिकी धनी गंगामाया विगत दश वर्षदेखि सपरिवार उक्त ओढारमा बस्दै आएकी छन् । उनको जीवनयापनमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त आर्थिक सहयोग गर्ने निर्णय गरिएको संगठनका अध्यक्ष धनबहादुर कार्कीले बताए । 

null

कार्कीका अनुसार संगठनद्वारा दशैँ तथा तिहारको उपलक्ष्यमा संगठद्वारा सञ्चालित ‘दशैँ उपहार चिठ्ठा’ कार्यक्रमबाट बचत भएको रकम सहयोग गर्ने निर्णय गरिएको हो । 

कार्कीले उक्त सहयोग बुझिदिनका लागि ती आमाका आफन्त तथा चिनजानका व्यक्तिले आफ्नोे मोबाइल नम्बर ९८४९३०२२५७ मा सम्पर्क राख्न अनुरोध गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *