साफ यू–१५ च्याम्पियनसिपः पाकिस्तानको विजयी शुरुआत, नेपाल र माल्दिभ्स भिड्दै

कात्तिक ८, काठमाडौँ । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो । 

खेलको ३१ अाैँ मिनेटमा पाकिस्तानले अदनान जस्टिनको गोलबाट अग्रता लिएको थियो । खेलको ५३ अाैँ मिनेटमा भारतका थालाचुईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर खेल सकिन ५ मिनेट बाँकी छँदा पाकिस्तानका वासिफले गोल गर्दै पाकिस्तानलाई जित दिलाए । मैदान छिरेको दोस्रो मिनेटमै उनले गोल गरेका थिए । 

null

खेलमा पाकिस्तानले शुरुआतदेखिनै भारतमाथि दबाब सिर्जना गरेको थियो । जितसँगै समूह ‘बी’मा पाकिस्तानले महत्वपूर्ण तीन अङ्क जोडेको छ । प्रतियोगिताअन्तर्गत आजै नेपाल र माल्दिभ्सबीच सोही मैदानमा ३ बजे खेल हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *