सरकारले काम गरेन भन्ने लान्छना लगाउने काम भयोः मन्त्री बस्नेत

असोज २९, गोरखा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले काम गरेन भनेर सरकारका विरुद्ध भ्रम फैलाउने काम भएको बताएका छन् । 

गोरखाको भिमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले यस्तो बताएका हुन् । 

‘अहिले केही सञ्चारमाध्यम र राजनीतिक दलले सरकारले काम गरेन भनेर लान्छाना लगाउने काम भएको गरेका छन्,’ उनले भने, ‘बजेट आएको भर्खरै मात्र हो, विकासको काम प्रक्रियामा हुन्छ ।’ 

null

मन्त्री बस्नेतले पछिल्लो समय सरकारले जथाभावी कर वृद्धि गरेको भन्ने चर्को आलोचना भइरहेको भन्दै कर उठाउने नियमित र कानून सङ्गतनै भएको दावी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *