मालश्री धुन, दशैंको आभूषण
दशैं आयो, अब क्रमशः टिभी, रेडियो लगायतहरुमा मालश्री धुनको लगातार प्रयोग गरिन्छ । मगंल धुन पनि भनिने यो धुनलाई नेपाली परिपेक्ष्यमा दसैँ अनि तिहारको पेरिफेरिमा बजाइन्छ, प्रयोग गरिन्छ । यस धुन अनि यसको हार्दिकताले नेपाली श्रोता र दर्शकहरूलाई चाडपर्वको एउटा उत्साह गज्जबले सञ्चार गर्दछ । आउनु होस आज यिनै धुनको वरिपरि कुरा गरौँ ।
नेपाली जीवनशैलीमा सङ्गीतको महत्त्व हरेक चाड अनि परिपेक्ष्यमा फरक फरक प्रकार अनि प्रकृतिका आधारमा छन् । ठाउँ अनुसार बाजागाजा र बजाउने लय पनि फरक फरक छन् । आज भनेँ दसैँ केन्द्रित भएर मालश्री धुनको महत्त्वलाई नारी शक्ति, उब्जनी, सत्यता अधि विभिन्न पक्षहरू सँग उत्खनन गर्न जाँदै छौँ । मालश्री धुन ,माल अर्थात् बस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष् श्रीसम्पती, धनधान्य आदि बुझिन्छ । कृषिप्रधान नेपाली समाजमा शरद ऋतुको सुरुवात सँगै आउने चाड दसैँ अनि यसै लहरसँग फुल्न तयार धानका बालाहरू, स्याउका दानाहरू, फुलहरू, सुन्तलाका दानाहरू लगायतका आगमनको खुसी पनि हो, माल श्री धुन । कृषि प्रधान नेपाली समाजमा प्रकतिनै सबै भन्दा ठुलो सम्पत्ति हो । यसअर्थमा मालश्री धुनलाई केवल दसैँसँग मात्र नजोडी सम्पूर्ण शरदको सुरुवातका रूपमा लिइन जरुरी देखिन्छ । हरेक ऋतुका लागि विशेष धुन हुने र शरद ऋतुको कौशलताका लागि मालश्री एउटा धुन भएको भनेर बुझ्न सकिन्छ । यस सङ्गीतलाई चिउरा कुट्दा देखि चामल कुट्दा सम्म, ढिकी जाँतो गर्दा देखि टीका टालो गर्दासम्मको भावना र अभिव्यक्तिसँग जोडिएको मान्न सकिन्छ । परम्परागत नेवारी रितीथितीको बयान अनि साङ्गीतिक लिपेका रूपमा मालश्री अझ खरो उत्रिएको हुन्छिन्, मालश्री को गुञ्जन सँगै समस्त नेपाल नै दसैँ को रङ्गमा पुलकित हुने गर्दछ ।
अहिले आएर हात हात मा मोबाइल, गीत, स्पिकर भएको भएर मालश्री को सहज उपलब्धता भएको जस्तो भान हुन्छ, परम्परागत समाजमा प्रत्यक्ष बाजागाजा अनि थिति मिलाएर सामूहिक रूपमा बजाइने मगंलधुन वास्तवमै अलौकिक छ । न त कुनै शब्द छ न त कुनै बोली तर मङ्गल धुन अर्थात् मालश्री धुन आफ्ना कर्णप्रिय र भावात्मक लय मार्फत हरेक नेपालीको हृदयमा बस्न सफल छ ।
null
सनातन नेपाली संस्कार जहाँ बिहान सङ्ख को ध्वनि र मन्दिरको घण्ट आवाज सँगै सुरु हुन्छ अनि साँझको आरती अर्चना र रातीको फेरि लगाउने जोगीको फेरि सङ्गीतमा समापन हुन्छ । मालश्रीको जरा दर्शन अनि धर्मशास्त्र सँग जोडिएको ईतिहाँसबिद्ध सत्य मोहन जोशीको भनाई छ, वहाँका अनुसार दसैँ नारीत्वको विजय मनाउने चाड हो, नारी शक्तिको अनुग्रहका लागि गरिने उपासना हो । हुन त रामको रावण माथिको विजयका रूपमा दसैँ लाई लिइने चलन छ तथापि नेपालमा भनेँ विशेषतः महिसाशुर माथि कालीको विजयको रूपमा बढी मनाउने चलन छ । मालश्री को धुनमा बनाइएका केही पुराना भजनहरू पनि कालीका, जगदिश्वरी लगायतका भगवतीहरूको उपासना गरिएका छन् । स्मरण रहोस् नारी शक्तिको उपासना गरिएको मौलिक भजन या देवी सर्व भूतेषु पनि मालश्री कै लयमा रहेको छ । जे होस् जसो होस्, समयको पावन्धीले मालश्री धुन लाई छुन सक्दैन, यूगौयूगान्त देखि मालश्री समाज अनि हृदयसङ जोडिएर आएको छ । आइरहन्छ । मालश्री धुन कै बारेमा धेरै कुराहरू त शोध भएको पाईदैन तथापि खोज्दै जाँदा ठाउँ अनुसार मालश्रीको धुन अनि बाजामा फरक फरक मिश्रणहरू रहेका छन् । विभिन्न वेबसाइटहरूमा शोध गर्दा पाइए अनुसार राजधानी नजिकको छिमेकी जिल्ला धादिङको देवी मन्दिरमा बज्ने मालश्रीको आफ्नै किसिमको मौलिकता रहेको छ। यहाँ दसैँमा बज्ने मालश्री अन्यत्र बज्ने मालश्रीभन्दा फरक रहेको छ। यहाँको मालश्रीमा मुख्य ताल बाजा ढोलकी बजाइँदैन। त्यसको सट्टा ‘नगरा’ दुन्दुभि बजाउने गरिएको छ।झ्याम्टा, मादल, सारङ्गी, ढोल, मुरली लगायत थुप्रै बाजाहरू मालश्रीमा बजाइन्छन् तथापि सारङ्गी र मुरली लाई मालश्रीको ज्यान का रूपमा लिइन्छ ।
मालश्री एउटा यस्तो एतिहासिक साङ्गीतिक ताज गी हो जून सदासर्वदा गुञ्जिरहन्छ, दसैँको शुभकामना