काठमाडाैंसँग १७ रनले धनगढी पराजित

कास्की । पोखरा प्रिमियर लिगमा काठमाडौं रोयल्सले पहिलो खेलमा जित निकालेको छ ।शनिबार भएको खेलमा काठमाडौंले  धनगढी ब्लुजलाई १७ रनले  हरायो । 

भारतीय खेलाडी  गौरव तोमरको विस्फोटक ब्याटिङका कारण काठमाडौले २० ओभरमा तीन विकेट गुमाउदै एक सय ८० रन बनायो ।  तोमरले ९५ रन बनाए । उनले चार चौका र १० छक्का प्रहार गरे । 

राम्रो  सुरुवात गरेको काठमाडौले ३० रनमा पहिलो विकेट  गुमायो । ओपनर अमित श्रेष्ठ १२ रनमा आउट भए । त्यसपछि जयकिशन कोल्सावाला २५  रनमा आउट भएपछि ८१ रनमा  दोस्रो विकेट झर्यो । 

null

तेस्रो विकेटका  लागि तोमर र नरेश बुढाऐरले ९६  रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । नरेशले अविजीत ३६ रन बनाए । 

जवाफमा राम्रो सुरुवात गर्न नसकेको धनगढी २० ओभरमा ८ विकेट  गुमाउँदा एक सय ६२ रनमा रोकियो । 

दुई जना  विदेशी खेलाडी मैदानमा उतारेको धनगढीले २० रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर  सन्दिप सुनार ११ रनमा आउट भए । त्यसपछि विदेशी खेलाडी डान लरेन्स ८ रनमा आउट भएपछि धनगढीले २१  रनमा  दोस्रो विकेट गुमायो । 

धनगढीका मध्यक्रमका खेलाडीबीच राम्रो तालमेल  हुन नसक्दा उसले ६१ रनमा ४ विकेट गुमायो । धनगढीका दिलिप नाथ १० रनमा आउट  भए भने सन्दिप जोराले  २७ रन बनाए । 

जाेराले ११ बलमा एक चौका  र तीन छक्का  प्रहार गरेका थिए ।यस्तै अर्का विदेशी खेलाडी  पिटर ट्रेगोले १९ रन थपे । धनगढीका लागि कप्तान दिपेन्द्रसिंंह ऐरीले ५४ रन बनाउँदै आउट  भए । यस्तै सौरभ खनालले १७  रनको योगदान गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *