काँग्रेसको चियापान कार्यक्रम कात्तिक १६ मा

असोज २९, काठमाडौँ । नेपाली काँग्रेसले चाडपर्वका उपलक्ष्यमा आयोजना गर्ने चियापान कार्यक्रम कात्तिक १६ मा हुने भएको छ । 

बडा दशैं, दीपावली, नेपाल संवत, छठलगायतका चाडपर्वका उपलक्ष्यमा हरेक वर्ष नेपाली काँग्रेसले गर्दै आएको चियापान कार्यक्रम कात्तिक १६ मा हुने भएकाे हाे ।  

अघिल्ला वर्षहरुमा कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्ने गरेको थियो । 

null

काँग्रेसका केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा शोक प्रस्ताव पारित गर्दै केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेकोले चियापान कार्यक्रम कात्तिक १६ गतेलाई सारिएको स्रोतले बतायो । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकले नेता बाँस्तोलाप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

यही असोज २९ गते केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय बन्द गर्ने समेत कांग्रेसले जनाएको छ । नेता बाँस्तोलाको यही असोज २७ गते निधन भएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *