ओपो नेपाल आइडलमा उत्कृष्ट १०का लागि वाइल्ड कार्ड इन्ट्री
कार्तिक ४, काठमाडौं । ओपोद्वारा लगातार दोस्रो संस्करणका लागि प्रायोजित नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्राञ्चाइज्ड टीभी रियालिटी शो ओपो नेपाल आइडलको अहिले गाला राउण्ड चलिरहेको छ । शोले भरखरै आफ्ना दर्शकलाई वाइल्ड कार्ड एण्ट्रिको घोषणा गरी चकित तुल्याएको छ ।
गत एपिसोडमा वाइल्ड कार्ड एण्ट्रिका लागि छनोट भएका ६ प्रतिस्पर्धीको सांगितिक प्रस्तुति मार्फत भोटका लागि अपिल गरिएको थियो । वाइल्डकार्ड एण्ट्रि पाएका ६ प्रतिस्पर्धी मध्ये सर्वाधिक भोट प्राप्त गर्ने प्रतिस्पर्धीले अब सिधै उत्कृष्ट १०मा प्रवेश पाउने छन् । उत्कृष्ट १०को घोषणा असोज ८ गतेको एपिसोडमा गरिनेछ । ओपो नेपाल आइडल सिजन–२ यूवाहरु र तिनमा पनि विशेषगरी संगीत प्रेमी माझ अत्यधिक लोकप्रिय प्रमाणित भइरहेको छ । शोले समग्र कार्यक्रमको गुणस्तरको उत्कृष्टता (श्रब्य, दृष्य, सेट तथा लाइट डिजाइन लगायत समग्र प्रडक्शन गुणस्तर)का लागि नेपाली दर्शकबाट वाहवाही पाइरहेको छ । ‘कुनैपनि कार्यक्रमको प्रायोजन गर्दा ओपोको प्रमुख उद्देश्य देश र स्थानिय जनताप्रति योगदान हुने गर्छ । नेपाल आइडलको प्रायोजन गर्दा नेपाललाई गायन क्षेत्रको नयाँ प्रतिभा दिनु ओपोको उद्देश्य रहेको थियो । साथै, आफ्नो कला र प्रतिभा देखाउने अवसरको प्रतिक्षामा रहेका स्थानिय कलाकारलाई कला जगतमा उडान भर्न सुनौलो प्ल्याटफर्म उपलब्ध गराउनुपनि हो ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘उपभोक्ता तथा ओपो फ्यान्स मार्फत हामीले कार्यक्रमका लागि निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेका छौँ । साथै उहाँहरु संग सञ्चारका लागि समेत कार्यक्रम निकै राम्रो माध्यमका रुपमा रहँदै आइरहेको छ । पछिल्लोका साथै यस संस्करणबाट समेत नेपालको संगीत जगतलाई नयाँ तारा तथा प्रतिभाहरु पस्कने कार्यमा प्राप्त सफलताका लागि हामी निकै सन्तुष्ट छौँ ।’
‘पासेज् टू ओपो नेपाल आइडल–२’ कन्टेष्ट
null
ओपो नेपाल आइडल सञ्चालनको घोषणा गरिएदेखि नै कार्यक्रमको नेपाल भर ब्यापक चर्चा हुँदै आइरहेको छ । सिजन टूले पनि चर्चा र लोकप्रियताको निरन्तर्तालाई कायम राख्दै थप सफलता चुमिरहेको छ । टीभी उद्योगका वरिष्ठहरुले यस रियालिटी शोलाई नयाँ ट्रेण्डको थालनी र नेपाली टीभी उद्योगमै क्रान्तिको संज्ञा दिइरहेका छन् ।
कार्यक्रम प्रति उपभोक्ताको अत्यधिक लगावलाई ध्यानमा राख्दै पछिल्लो संस्करणमा झैँ यस पटकपनि ‘पासेज् टू ओपो नेपाल आइडल–२’ कन्टेष्टको घोषणा गरेको छ । ओपोद्वारा आफ्नो आधिकारिक फेसबुक एकाउण्टद्वारा साप्ताहिकरुपमा सञ्चालन हुने यो कन्टेष्टले प्रत्यक ३ जना सहभागीलाई २—२ओटा पास जित्ने अवसर प्रदान गर्छ ।
कन्टेष्टमा सहभागिताका लागि ओपो फ्यान्सले आधिकारिक फेसबुक एकाउण्टमा राखिएको कन्टेष्ट सम्बन्धित भिडियो तोकिएका ह्याशट्याग सहित लाइक तथा शेयर गर्नुपर्ने हुन्छ ।