काँग्रेस र नेकपा कार्यकर्ताबीच झडप, गोली लागेर एक जनाको मृत्यु

कात्तिक १३, काठमाडौँ । सर्लाहीमा गोलीको छर्रा लागेर मंगलबार एक जनाको मृत्यु भएको छ । 

सर्लाहीको रामनगरमा नेपाली काँग्रेस र नेकपाका कार्यकर्ताको समूहबीच झडप हुँदा गोलीको छर्रा लागेर रामनगर–४ का अन्दाजी ५६–५७ वर्षीय रामविलास महवर्षको मृत्यु भएको हो । 

मंगलबार दुई समूहबिच झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको थियो ।  

null

रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोमाथि सोमबार भएको आक्रमणका विषयलाई लिएर दुई समूहबीच झडप हुँदा यस्तो दुर्घटना भएको हो । 

अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *