विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई स्वदेश फर्कन आग्रहः उपराष्ट्रपति पुन

कात्तिक, १० काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् । 

त्रिभुवन विश्वविद्यालयको ‘रिकास्ट’को सहकार्यमा नेपाल पोलिमर ईन्चिच्युटले आयोजना गरेको उन्नत सामाग्रीसम्बन्धी चौथो अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा उद्घाट्न गर्दे उपराष्ट्रपति पुनले स्वदेश फर्की मुलुकको समृद्धिको लागी योगदान गर्न बिदेशमा रहेका नेपाली युवा बैज्ञानिकलाइ आह्वान गरे । 

उनले नेपाल बिकास र समृद्धिको बाटो तर्फ अघि बढिरहेको भन्दै नेपाली बैज्ञानिक र अनुसन्धानकर्ताको स्वदेशमा खाँचो रहेको बताए । 

null

उनले नेपालमा रहेका बैज्ञानिक र नेपाल फर्कन चाहने बैज्ञानिकहरुका लागी सरकारले नेपालमा नै उचित सिप प्रयोग गर्न वातावरण बनाउनुपर्ने धारणा राखे । 

शुक्रबारदेखि चार दिनसम्म चल्ने काठमाडौ सम्मेलनमा बिभिन्न देशका बैज्ञानिक र अनुसन्धानकर्ताको सहभागीता रहेको छ । सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ । सम्मेलनमा नेपाल, अमेरिका, ईटाली, दक्षिण कोरिया, भारत, चेक रिपब्लिक, जापान, जर्मनीलगायतका १५ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *