धरानमा जुनसुकै ब्यवसायमा पहिलो प्राथमिकता महिलालाई

महिलाहरुलाई चुल्हो चौकोमा मात्र सिमित राख्ने हाम्रो समाजमा महिलाहरुले परिवार, समाज र राष्ट्र हाँक्न सक्छन् भन्ने उदाहरण धराने महिलाहरुले पेश गरेका छन ।  

अहिले धरानका महिलाहरु घर परिवारबाट बाहिर निस्किएर समाजिक काम गर्नदेखि ब्यवसायिक क्षेत्रमा समेत सक्रिय भएर लागेका छन् ।  

धरानका व्यवसायिक प्रतिष्ठान होस् वा होटल रेष्टुराँ तथा बैंक, अहिले महिलाहरुको उपस्थिति दिन प्रतिदिन बढेको छ ।धरानका अधिकांश बैंकमा पहिलो प्राथमिकतामा महिला नै पर्छन र काम पनि गर्दछ । स्कुल, कलेज तथा व्यवसायिक प्रतिष्ठानमा पनि महिला नै अगाडी छन् धरानमा । महिलालाई जिम्मेवारी दिँदा कामको गुणस्तर साथै विश्वासिलो हुने भएकाले महिलाको माग बढेको धरान–२ का व्यवसायी प्रितम अग्रवालको भनाई छ । 

null

धरानको प्रतिष्ठित व्यावसायिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले महिला कर्मचारीलाई सबैभन्दा बढी प्राथमिकता दिएको छ । यहाँ अधिकांश दलित समुदायका महिलालाई रोजगारी दिइएको छ । बराहका शाखा प्रमुख मानबहादुर दियालीले प्रत्यक्ष अप्रत्यक्षरूपमा काम गर्ने कर्मचारी मध्ये अधिकांश महिला नै राखिएको बताए । ‘कतिपय कुरामा पुरुषभन्दा महिलाहरु जिम्मेवार भएको पाएका छौं ।’ शाखा प्रमुख दियाली भन्छन्–महिलाहरुमा ग्राहकलाई कन्भिन्स गर्ने क्षमता पुरुषको दाँजोमा धेरै हुन्छ । त्यस कारण पनि ठुल्ठूला सपिङ मल देखि प्रतिष्ठित घरानमा महिला कर्मचारीको पहुँच बढ्दो छ ।’  

अहिले बराहमा प्रत्यक्ष, अप्रत्यक्ष गरी ५ सय कर्मचारी मध्ये ६० प्रतिशत महिला कर्मचारी छन् । बराह डिपार्टमेण्ट स्टोर, बराह बचत, बराह किन्डर जोन, बराह बाल संसार, बराह किचन लगायतमा महिला नै कार्यरत्त रहेका छन् । 

यस्तै, सुपर मार्केटमा नाम कहलिएका भाटभटेनी सुपरमार्केटले पनि महिला कर्मचारीलाई प्राथमिकता दिएको छ । उता इटहरी र धरानमा रहेको गोरखा डिपार्टमेण्ट स्टोरले पनि महिलालाई नै पहिलो प्राथमिकता दिएको छ ।  

परिवार प्रतिको जिम्मेवारीसँगै कामको जिम्मेवारी पनि कूशलतापूर्वक गर्न महिलाहरु सक्षम रहेको गोर्खा डिपार्टमेन्ट स्टोरका प्रबन्धनिर्देशक बलराम आचार्यको भनाइ छ । गोर्खाले पुर्वका चारवटै शाखाहरुमा ९० प्रतिशत महिला कर्मचारी राखेको छ ।  

‘महिलाहरू बाहिरी काममा अयोग्य हुन्छन् र गर्न सक्दैनन् भन्ने गलत भावनालाई चिर्न हामी सफल भएका छौं’ आचार्य भन्छन्–‘मेरो अनुभवमा अहिले सम्म ठुल्ठुला मल तथा टिपार्टमेन्ट स्टोरहरुको ब्यवसाय महिलाले नै धानेका छन् ।’उता धरानकै बोनस मलमा पनि अधिकांश धराने महिलाहरु नै काम गरिरहेका छन् । ‘महिलाहरू पुरुषको तुलनामा बढी लगनशील र इमान्दार हुन्छन् त्यसैले पनि ब्यवसायमा महिलालाई नै रोजिन्छ’–बोनस ज्वेलरीका प्रमुख निनाचन राईको दावी छ । ‘महिलाले पुरुषभन्दा विशिष्ट र गहन ढङ्गले कार्य गर्ने भएकाले हाम्रो प्राथमिकतामा महिला कर्मचारी पर्छन्’ उनले भने ।  

महिला कर्मचारीमा देखिएको इमानदारिता, मिहिनेत कै कारण पुर्व धरानदेखी कांकडभिट्टा सम्मका ठुल्ठुला व्यावसायिक संस्था तथा होटल रेस्टुरेन्टहरूमा महिला कर्मचारीको उपस्थिति बढ्न थालेको छ । 

तर, महिला कर्मचारीलाई दिइने सेवा सुविधाको कुुरा गर्दा पुरुषको तुलनामा कम सेवा सुविधा दिइएको पाइन्छ । प्रायः निजी क्षेत्रबाट सञ्चालनमा आएका ब्यवसायीक प्रतिष्ठानले समान प्रकृतिको काममा पुरुषलाई दिने तलब र महिलालाई दिने तलबमा फरक गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *