नबिल, एभरेस्ट,ग्लोबल आईएमई बैंकको ठगीधन्दा

काठमाडाैं । गत असोज १९ गते सीडीएससी एण्ड क्लियरिङ्ग लिमिटेडले एक पत्रकार सम्मेलनमा सेयर लगानीकर्ताहरुले डिम्याट खाता खोल्दा ५० रुपैयाँ छुट छुट गरि १ सय मात्रै लिने प्रावधान रहेको बताएता पनि विभिन्न बैंकहरुले ठगीधन्दा चलाईरहेका छन् । 

राजधानीका केहि बैंकहरूले सीडीएससीकाे सुविधा सेवाग्राहीलार्इ नदिइ मनपरी गरेका छन् । 

सीडीएससी आगामी कात्तिक २ गतेसम्म डिम्याट खाता खोल्दा निःशुल्क भनिए पनि एभरेस्ट बैंकको सेतोपूल शाखाले १ सय ५० रुपैयाँ र डिम्याट खाता खोल्दा अनिवार्य सोही बैंकमा ५ सय रुपैयाँमा खाता खोल्नुपर्ने सोही बैंकमा कार्यरत कर्मचारीले दाबी गरिन । 

null

यता नबिल बैंकको मैतीदेबी शाखामा पनि डिम्याट खाता खोल्नुपर्दा १ सय ५० रुपैयाँ नै शुल्क लिइएको पाईयो । 

यसैगरी ग्लोबल आईएमई बैंकको डिल्लीबजार शाखामा पनि डिम्याट खाता खोल्दा १ सय ५० रुपैयाँ शुल्क लाग्ने गरेको बैंकका कर्मचारीले मकालुखबरलाई बताए । 

यता सीडीएससी भने निःशुल्क डिम्याट खाता खोल्न सकिने बताउदै आएको सीडीएससीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *