राष्ट्र बैंकको निर्देशनमा शनिबार पनि बैंक तथा वित्तिय संस्था खुले

काठमाडौँ – नेपाल राष्ट्रबैंकको निदेर्शनमा शनिबार पनि बैंक तथा वित्तिय संस्था खुलेका छन् । 

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्षका बैंक तथा वित्तिय संस्था शनिबार (असोज २७ गते) पनि खुला गर्न निर्देशन दिएको हो । 

अर्थ मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाको पत्रका आधारमा राष्ट्र बैंकले राजश्व बुझ्ने सबै बैंकका शाखा तथा काउण्टर पूरै समय खुला गरेर नियमित रुपमा राजश्व बुझ्ने काम गर्न निर्देशन दिएको हो । 

null

पहिलो त्रैमासिकको अन्तिम महिनाको मसान्तमा दसैँको बिदा परेकाले शनिबार समेत बैंक खुला गर्न निर्देशन दिइएको हो । शनिबार पनि बैंकहरुले राजश्व बुझ्ने र चेक क्लियरिङको काम हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *