प्रधानमन्त्री ओलीले बोली फेर्दै भने– ‘अब घरघरमा ग्यास पाइप होइन, बिजुलीको तार’

कात्तिक ६, काठमाडौं । केही समयअघि घरघरमा पाइपलाइनबाट ग्यास भन्दै चर्चा कमाएको प्रधानमन्त्री केपी शर्मा ओलीको बोली फेरिएको छ । 

उनले अब घरघरमा, चुलोचुलोमा ग्यास पाइप होइन बिजुलीको तार पुर्याइने भन्दै बोली फेरेका छन्। 

काठमाडौँ उपत्यकामा विद्युतीय बस अर्थात् बिजुली बस सेवाको उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा, चुलोचुलोमा बिजुलीको तार पुर्याइने बताएका हुन् । 

null

‘मैँले ग्यासको पाइप भन्दा निकै चर्चाको विषय बन्यो । अब छिट्टै ग्यासको पाइप होइन, विजुलीको तारबाट चल्ने चुलाको युगतिर जाँदैछौं’, उनले भने । 

 

हाम्रो दैनिक जीवनमा प्रयोग हुने अन्य सामग्रीसमेत विद्युतीय हुनुपर्ने उनले बताए । नेपाल अबको केही वर्षभित्रै जलविद्युत आत्मनिर्भर हुने भएकाले बिजुलीबाट सवारी साधान चलाउन पनि समस्या नहुने उनले बताए । 

बिजुली बसको प्रयोग बढाएसँगै पेट्रोलको महंगीबाट चाँडै नै मुक्ति मिल्ने दाबी पनि उनले गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *