सत्तारुढ दल नेकपाले पायो वैधानिकता, कट्टेलको निवेदन खारेज

कात्तिक ९, काठमाडौं । क्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नामविरुद्ध निर्वाचन आयोगमा दिएको निवेदन खारेज भएको छ । 

विवाद खेपेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नामलाई निर्वाचन आयोगले वैधानिकता दिएसँगै निवेदन खारेज भएको हो । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दालको इजलासले शुक्रबार दुई दलको फरक फरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो । 

null

तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टीको पहिलेको नाम परिवर्तन गरी (ने क पा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको नामसँग मिल्दो जुल्दो भएको भन्दै नाम खारेज गर्न माग गरी निर्वाचन आयोगमा निवेदन दिएका थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *