चक्रप्रसाद बास्तोलाको शव दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा राखिने, आजै दाहसंस्कार गरिने

काठमाडौं । शनिबार साँझ निधन भएका नेपाली कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको शव आज दिउँसो पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर साँझ दाह संस्कार गरिने भएको छ । बेलायतमा रहेकी बास्तोलाकी जेठी छोरी ११ बजे काठमाडौं आइपुग्दै छिन्। 

जेठी छोरी आएपछि दिउँसो १ बजे बास्तोलाको शबलाई पार्टी कार्यालय सानेपामा लगिने छ। यसैगरी कान्छी छोरी ४ बजे काठमाडौं आएपछि सिधैं पार्टी कार्यालय गएर श्रद्धाञ्जली दिएपछि दाह संस्कारका लागि पशुपति अर्याघाट लगिनेछ। 

उपसभापति निधिका अनुसार आजै २ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठक बस्दैछ। बैठकले बास्तोलाको निधनमा शोकप्रस्ताब पारित गर्ने बताइएको छ। 

null

यसैबीच, महंगी बिरुद्ध पार्टीले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रदेश र केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित गरिएको कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी गराए। 

०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालाई सम्बोधन गर्ने क्रममा लडेका नेता बास्तोलालाई मस्तिष्कघात भएको थियो। उनी ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए। 

मस्तिष्कघात भएपछि बास्तोलाको भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो। तर, उपचार सम्भव नभएपछि बास्तोलालाई पछिल्लो समय घरमै चिकित्सकहरूको निगरानीमा उपचार गरिदै आएको थियो। 

०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए। 

उनका श्रीमती र दुई छोरी छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *