२१ बोरा पटका सहित धरानबाट तीन भारतीय प्रक्राउ

कात्तिक ९, धरान । तिहारको चहलपहल बढेसँगै विस्फोटक पदार्थ भित्रिने क्रम शुरु भएको छ । 

विशेष गरी तिहारका समयमा बढी प्रयोग गरिने विस्फोटक पदार्थ भारतका विभिन्न नाकाबाट नेपाल भित्रिने गरेका छन् । 

यसै क्रममा ठूलो परिणामको विभिन्न प्रकारका विस्फोटक पदार्थ सहित तीन जना भारतीयहरुलाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ । 

null

 

केरा बोकेर ल्याएको ट्रकका बीचमा लुकाएर धरान भित्र्याइएको विभिन्न प्रकारका २१ बोरा विस्फोटक पदार्थ (पटका) सहित धरान १० धर्मपथ पुरानो एम्स कलेज अगाडिबाट तीन जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

विशेष सूचनाका आधारमा धरान–१० धर्मपथको मौसम सुनुवारको घरमा भाडा लिई बस्ने तीन भारतीय नागरिकको गोदामबाट २१ बोरा पटाका बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिसपी सुमन तिम्सिनाले जानकारी दिए । 

 

उनीहरूले तीन दिनअघि सुनसरीको सीमा नाका भण्टाबारीबाट केरा ल्याउने गाडीमा पटका भित्र्याएको खुलेको इलाका प्रहरी कार्यालय धरानका मुद्दा फाँटका इनिस्पेक्टर अशोक जवेगूले जानकारी दिए । 

पक्राउ पर्नेमा भारतीय नागरिक भारत विहारका पाण्डव दास भनिने राजकुमार दास, अर्बिन देव र दिलिप दास रहेका छन् । 

उनीहरूले धरानमा स्टोर गरेर पहाडी जिल्ला धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमलगायतमा बिक्री गर्ने तयारी गरिरहेका थिए 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *