पूर्ण अनलाईन प्रणाली सञ्चालनमा ल्याउने तयारीमा नेप्से

कात्तिक ९, काठमाडौँ । नेपाली शेयर बजारमा निकट समयमै सञ्चालनमा आउने तयारीमा रहेको पूर्ण अनलाइन प्रणाली लाईभ हुनेमा ढुक्क हुने अवस्था आउन लागेको छ । 

स्वचालित पूर्ण अनलाइन नामक एक कार्यक्रम आयोजना गरि यही कात्तिक १९ गते अर्थमन्त्रीद्वारा उद्घाटन गर्ने कसरतमा लागिएको नेप्सेका एक अधिकारीले मकालुखबरलाई जानकारी दिए । 

कात्तिक १५ देखि ब्रोकरहरुलाई अभ्यस्त बनाउन अनलाइन लाईभ छाडिने नेप्से स्रोतले बताएकाे छ । मंसिर १ गतेदेखि आम सर्वसाधारणले स्वचालित पूर्ण अनलाइन मार्फत दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न पाउने व्यवस्था हुन लागेको हो । 

null

कात्तिक २५ गते सेयर लगानीकर्ताहरुलाई अनलाइन ट्रेडिङको एक चरणको तालिम दिइने र सबै लगानीकर्ताहरुलाई आगामी मंसिर १ गते फुलफेज अनलाइन चलाउन सक्ने योजना नेप्सेले राखेको छ । 

यता नेप्सेका आईटी प्रमुख निरान्जन सिह नायकका अनुसार उपर्युक्त समय र तथ्य अनुमानित योजना अनुसार नै भएको स्वीकार गर्दै आगामी हप्ताको आईतबार सुनिश्चित हुने मकालु खबरलाई टेलिफोन मार्फत् जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *