पीपीएलः पोखरालाई बुटवलले दियो १ सय ५१ रनको लक्ष्य

कात्तिक ११, काठमाडौँ । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीयल) अन्तर्गत भएको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई १ सय ५१ रनको लक्ष्य दिएको छ । 

आइतबार जारी खेलमा टस जितेर ब्याटिङ रोजेको बुटवलले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनायो । बुटवलका लागि भीम सार्कीले अर्धशतक बनाए । उनले ४६ बलमा ५४ रन जोडे। उनले तीन छक्का र दुई चौका प्रहार गरे। 

त्यस्तै यूएईका कप्तान रोहन मुस्तफाले ४५, कप्तान सोमपाल कामीले २२ रन बनाए । सोमपालले २ चौका र १ छक्का प्रहार गरेका थिए भने ३५ बल खेलेका रोहनले ३ चौका र २ छक्का प्रहार गरे। 

null

पोखराका मोहम्मद नाभिदले तीन तथा महबुब आलम, ललितनारायण राजवंशी र शरद भेषावकरले एक एक विकेट लिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *