तरहरा जेसीजलाई १/३ गोलले पराजित गर्दै पत्रकारको टीम बिजयी

धरान,सुनसरी, कात्तिक १४ । सुनसरीको तरहरामा बुधबार भएको एक दिने मैत्रीपूर्ण फुटबल खेलमा पत्रकारको टिम बिजयी भएको छ । 

जेसीज सप्ताहको अवसरमा तरहराको खेल मैदानमा भएको प्रतियोगितामा एकका बिरुद्ध तीन गोल गर्दै नेपाल पत्रकार महासंघ सुनसरीको टीम बिजयी बनेको हो । 

 

null

तरहरा जेसीज र नेपाल पत्रकार महासंघ सुनसरी बीच मैत्रिपुर्ण खेल भएको हो । खेलमा जेसीजको तर्फ बाट शिबु गुरुङले एक गोल गर्न सफल भएका थिए । उता पत्रकार महासंघको तर्फ बाट भोजराज श्रेष्ठले एक गोल तथा धिरेन लिम्बुले २ गोल गरेका थिए । लिम्बुले खेल अवधिभर दुई गोल गरेका हुन । 

अत्यन्तै रोमाञ्चित र कडा मिहिनेतका साथ खेलमा दुबै तर्फका खेलाडीको प्रस्तुती रहेको थियो । अभ्यास बिनानै खेलमा उत्रिएका तरहरा जेसीजका खेलाडीहरु यो भन्दा २ बर्ष अगाडी पनि पत्रकारको टिमसँग ७ गोल खाएका थिए । 

 

यस्तै कमजोर डिफेन्सको फाईदा उठाउदै पत्रकार महासंघ बिजयी भएका हुन । पत्रकार महासंघ सुनसरीका सल्लाहकार तथा पूर्व केन्द्रीय सदस्य किहशोर कुमार कार्कीको कप्तानी मैदान उत्रेका पत्रकारको टिममलाई जितसँगै आयोजक जेसस्सले मायाको चिनो स्वरुप ट्रफि प्रदान गरेका थिए भने वडा नं २० का कार्यवाहक अध्यक्षले वडा नं २० को तर्फबाट गिफ्ट ह्यामपर प्रदान गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *