म्यानचेस्टरको मैदानमा डिबालाको गोल, युुभेन्टसको जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा ईटालियन क्लब युभेन्ट्सले प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडलाई पराजित गरेको छ । बुधबार म्यान युको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युभेन्ट्सले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो । 

 

ईटालियन महारथीको जितमा एकमात्र गोल पाउलो ड्याबालाले गरे । उनले १७ औ मिनेटमा गरेको गोल खेलको एकमात्र गोल बन्यो । दुवै टोलीले गोलका सुन्दर अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । 

null

 

क्रिस्टियानो रोनाल्डो ओल्डट्राफोर्ड फर्किएको खेलमा युभेन्ट्सले ३ अंक जोड्न सफल भयो । जितसंगै युभेन्ट्सले जारी सिजनमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । 

 

समुह एचको शीर्ष स्थानको युभेन्ट्सले ३ खेलबाट ९ अंक जोडेको छ । म्यान यु ४ अंक सहित दोस्रो स्थानमा छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *