१० वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, दुुई जना पक्राउ

जनकपुर। दसैंको पूजा हेर्न गएकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। अनुषाको औरही गाउँपालिका २ परवाहा निवासी राम अशिष यादवकी १० वर्षीया छोरी मनिता यादवको बलात्कार पछि हत्या भएको हो। शुक्रबार राति ९ बजे घरमा खाना खाएपछि घर नजिकै रहेको दुर्गा मन्दिरमा मेला हेर्न गएकी मनिता रातभर घर नफर्केपछि खोजतलाश सुरु भएको थियो। परिवारजनले मनिता हराएको भन्दै शनिबार बिहानै इलाका प्रहरी कार्यालय औरहीमा खबर गरेका थिए। प्रहरी तथा परिवारका सदस्य मिलेर खोज्दै जाँदा मृतकको घरबाट एक किलोमिटर पश्चिममा रहेको राम अशिष साहको धान खेतमा मृत अवस्थामा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए। 

शवको प्रकृति हेर्दा नांगो अवस्थामा रहेको र शरीर भइ हिलो माटो लागेको देखिएको थियो। शवको परीक्षण पश्चात मात्रै बलात्कार भएको वा नभएको पुष्टि हुने नायब उपरीक्षक साहीले बताएका छन्। शव परीक्षणका लागि जनकपुर अंचल अस्पतालमा पठाइएको छ।  

यता, घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोही गाउँपालिका ५ का ३२ वर्षीय विनोद मुखिया र औरही गाउँपालिका ३ पर्वाहाका ३० वर्षीय नथुनी पण्डित रहेका छन्।  

null

प्रहरीले शव फेलापरेपछि सोधपुछ गर्दै जाँदा राति मेला हेर्न गएको बेला मनितालाई आरोपी विनोद मुखियाले पैसा दिएर फकाउँदै आफूसँग लगेको कुरा बाहिर आएको थियो। सोही आधारमा मुखियाको खोजतलाश सुरु भएको थियो। आरोपी मुखिया भने घटना सार्वजनिक भएपछि भाग्ने तरखरमा जनकपुरको भ्रमरपुराबाट पक्राउ परेका हुन्। 

आरोपी मुखियाले आफूले साथी नथुनि पण्डितसँग मिलेर बालिकाको बलात्कार गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्। मुखियाकै बयानको आधारमा पण्डित पक्राउ परेका हुन्।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *