दशैँ सकियो, आएन दशैँखर्च

नेपाल चिया विकास निगमको टोकला चिया बगानमा कार्यरत मजदूरहरुले दशैँ खर्च नपाएको बताएका छन् । मेची नगरमा रहेको सो बगानमा २६१ जना स्थायी र २०० जना ज्यालादारी मजदूर कार्यरत छन् । 

श्रम ऐन २०७४ मा चिया मजदूरहरुले एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चबापत पाउने व्यवस्था भएपनि निगम व्यवस्थापनले नदिएको भन्दै मजदूरहरुले आज बगानमै पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् । 

श्रम ऐनले चिया मजदूरका लागि न्यूनतम मासिक तलब रु १० हजार ७८१ र दैनिक ज्याला रु ३८५ निर्धारण गरिदिएको छ । मजदूरहरुले ऐनमा तोकिए बमोजिमको दशैँं खर्च माग्दा निगम व्यवस्थापनले कम्पनी घाटामा गएको भन्दै नदिएको नेपाल चिया मजदूर श्रमिक सङ्घका वरिष्ठ उपाध्यक्ष मिलन राईले बताए ।विसं २०७४ मा जारी भएको श्रम ऐनमा चिया मजदूरको चाडपर्व खर्चबारे प्रस्ट व्यवस्था भएकाले निगम व्यवस्थापनले कानूनको उल्लङ्घन गर्नुका साथै मजदूरमाथि अन्याय गरेको नेपाल कृषि तथा चिया बगान श्रमिक सङ्घ टोकला बगानका अध्यक्ष डम्बरबहादुर खत्री बताउँछन् ।दुई पटक पत्र लेखेर माग्यौं, कयौँपटक मौखिक रुपमा भेटेर अनुरोध गर्यौँ’, सङ्घका अध्यक्ष खत्री रासससँग भन्छन्, “तर व्यवस्थापनले दिन मानेन, मजदूर साथीले यसपटकको दशैँ रोएर बिताउनुपर्यो ।” 

null

ऐनमा तोकिएको पारिश्रमिक र दशैँ खर्च पाउनु पर्ने माग गर्दै टोकला चिया बगानका मजदूरले कात्तिक ११ गतेदेखि अनिश्चितकालीन हड्ताल गर्ने आजै घोषणा गरेका छन् । 

आजै निगम व्यवस्थापन समक्ष माग पत्र पेश गरेका मजदूरहरुको नेतृत्वदायी तीन वटा सङ्गठनले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई समेत माग पूरा गराइदिन ध्यानाकर्षण गर्ने भएको स्थानीय मजदूर अगुवा तिलक दर्जीले जानकारी दिए । 

मजदूरहरुले दशैँ खर्च नपाएको सम्बन्धमा टोकला चिया बगानका सहायक मेनेजर अजित रायको ध्यानाकर्षण गराउँदा यस विषयमा आफूले केही पनि नबोल्ने बताए । उनले ज्याला र दशैँ खर्चको विषयमा निगमको केन्द्रीय कार्यालयले मात्र भन्न सक्ने बताए । नेपाल चिया विकास निगम २०५७ सालमा निजीकरण भए पश्चात त्रिवेणी ग्रुपले सञ्चालन गर्दैआएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *