जर्मनीविरुद्ध नेदरल्याण्डको प्रभावशालि जित

जर्मनी नेदरल्यान्डसँग स्तब्ध बनेको छ ।  २०१४ को विश्वविजेता जर्मनी युइएफए नेसन्स लिग ‘ए’ अन्तरगतको समूह १ को खेलमा नेदरल्यान्डसँग ३–० ले स्तब्ध बनेको हो । 

जर्मनीलाई स्तब्ध बनाउन भर्जिल भान डिजिक, मेम्फिस डिपे र जर्जिन्हो विज्नल्डगोल गरे ।  नेदरल्यान्डको जोहान क्रुफ एरिनामा शनिबार राति भएको खेलमा जर्मनी खेलको ३०औं मिनेटमा पछि परेको थियो । 

भर्जिल भान डिजिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको नेदरल्यान्डले खेल सकिन तीन मिनेट बाँकी रहँदा तीन मिनेटको अन्तरमा २ गोल गर्दै जर्मनीलाई ३–० ले स्तब्ध पारे ।८७औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्डको अग्रता २–० ले पारेको थियो । ९०औं मिनेटमा जर्जिन्हो विज्नल्डमले गोल गरेको थियो । 

null

 

पछिल्लो समय जर्मनीले आफ्नो लय समात्न सकेको छैन । रसिया विश्वकपमा खराव प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको थियो । पछिल्लो दुई खेलमध्ये जर्मनीले फ्रान्ससँग बराबरी खेल्दा पेरुमाथि २–१ को संघर्षपूर्ण जित निकालेको थियो । 

जितपछि नेदरल्यान्ड ग्रुप १ मा ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । हारपछि जर्मनी १ अंकसहित पुछारमा छ । यो ग्रुपमा फ्रान्स ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *