एन आई सी एशिया बैंकले ल्यायो अनलाइनबाटै खाता खोल्ने सुविधा

असोज २९, काठमाडौं । “सोच बदलौं, एन आई सी एशिया बैंक नै रोजौँ” भन्ने नाराका साथ एन आई सी एशिया बैंकले बैंक खाता खोल्न लाइनमा बसीरहन नपर्ने सुविधा सुरु गरेको छ ।  

एन आइ सी एशिया बैंकले अब घरैमा बसी आफ्नो बैंक खाता खोल्न सक्ने सुविधा ल्याएको छ । अब बैंकले “न्यू प्रिमियम समुन्नति बचत खाता” खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट दिने बताएको छ ।  

देश तथा विदेशमा रहेका ग्राहकलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सहजता होस् भन्ने उद्देश्यले यो सेवा लिइएको बैंकले बताएको छ ।  

null

एन आई सी एशिया बैंक मुलुकभर २६१ शाखा कार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६४ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगेको छ ।  

यो बैंक निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा रहेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *