निरीह बोर्डले मर्चेन्ट बैंकरको लाईसेन्स जफत गर्नुपर्ने : रबिन्द्र भट्टराई

काठमाडौ कात्तिक ११ । नेपाल बैंक लिमिटेडको सेयर सूचीकरणको विवादले गन्जगोलको स्थिति सिर्जना गरेको छ । 

पौने २ अर्बको थप निष्कासन नेप्सेको सिस्टम बाहिर मनोमानी ढंगले निर्धारित मूल्य भन्दा २ रुपैया सस्तोमा केही मर्चेन्ट बैंकर केही ब्रोकर र केही ठूला सेयर लगानीकर्ताले सेयर किनेकोमा भर्खरै नेपाल धितोपत्र बोर्डले सर्कूलर जारी गर्दै सिस्टममा आउन दबाब स्वरुप पत्र काटिएको थियो । 

सो पत्रमा अन्डरराईटर मर्चेन्ट बैंकरले बुटवल पावर कम्पनीको नजिरलाई आधारित भएर बोर्ड र नेप्सेलाई पुनर्विचार गरिदिन पुनस् पत्राचार पनि गरेको थियो । यसमा अदृश्य रुपमा कसको स्वार्थ छ भन्ने द्विविधात्मक स्थितिको सिर्जनाले नेपाली सेयर बजारमा विश्वासको खडेरी पनि उत्पन्न भएको जानकारहरूकाे एइक्यबद्धता छ । आगामी दिनमा ठूलो मात्रामा सेयर आउँदा यही किसिमको परिस्थिति सिर्जना हुने तर्फ सेयर बजार सङ्ग सम्बन्धित सबै सरोकारवाला निकाय गम्भीर हुन आवश्यक छ । 

null

बुटवल पावर कम्पनीको घटनामा आईपीओ नै ननिकाली एफपीओ महँगो मूल्यमा निष्काशन गर्न अनुमती दिने नियामक धितोपत्र बोर्ड माथी शंका उपशंकाले डेरा जमाईसकेको विगत ताजै छ । परिस्थितिले गम्भीर मोड हामीसामु उभ्याइसकेकाले अब अन्डरराइटर पनि कानूनी उपचारमा जाने र धितोपत्र बोर्ड र नेप्सेले डिफेन्स स्वरुप कानूनी प्रक्रियासँग जुध्न तयारी अवस्थामा रहेको स्रोतहरुको दाबीसमेत गरेका छन् । 

नियामक निकायको कमजोर सम्यन्त्र भएको फाइदा उठाउने मर्चेन्ट बैंकको लाईसेन्स नै जफत गर्ने आट नेपाल धितोपत्र बोर्ड ले उठाउनु पर्नेमा सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईले जोड दिए । 

यता स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाट का अनुसार बोर्डले यश विषयमा सर्कुलर जारी गराईसकेको छ र यो सर्कूलर नै कानून हो । मलाई लाग्छ अब यसको समाधान गर्ने अभिभारा सेबोन नै हो । यो केस त्यहीँ भएअनुसार व्यावसायिक रुपमा लगानीकर्तालाई राहत दिन कानूनी प्रक्रिया अनुसार छिटो र राम्रो सङ्गले लिष्टिङ्ग हुनपर्छ । 

यति धेरै निष्काशित एफपीओ बजारमा बिक्दैन भन्ने थाहा हुँदाहुँदै पनि अनुमती दिने नेपाल धितोपत्र बोर्डको गम्भीर गल्ती र कमिसनको स्वार्थ झल्काउने गरेको सेयर लगानीकर्ता प्रवीण अग्रवालको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *