रेडलार्इट एरिया ताेकेर संघियता चल्दैनः चित्रबहादुर केसी

कार्तिक १, काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न माग गरेका छन्। संघीयता खारेज गरिएन भने मुलुक द्वन्द्वमा जाने भन्दै केसीले संघीयता खारेजीकाे माग गरेका हुन् ।  

रिपोर्टस क्लबद्वारा बुधबार आयोजित साक्षात्कारमा अध्यक्ष केसीले नेपालजस्तो सानो देशमा अर्थतन्त्र पनि कमजोर भएकाले संघीयता धान्न नसक्ने भन्दै खारेजीको माग गरे। प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कटाक्ष गर्दै केसीले ‘रेडलाइट एरिया’ खोलेर कर असुलेर संघीयता नचल्ने पनि बताए। 

केसीले नेपाल जोगाउनकै लागि भएपनि संघीयता खारेज गर्नैपर्ने बताए। केन्द्र सरकार र प्रदेश सरकारबीचको सम्बन्ध राम्रो हुन नसकेको भन्दै उनले प्रदेश नम्बर २ ले केन्द्रको नीति बाहिर गएर विधेयकहरु बनाउँदा समग्र देश नै धरापमा पर्ने दावी गरे। 

null

‘दुई नम्बर प्रदेशले संघीयताको आवरणमा एक मधेश एक प्रदेश बनाउन सक्छ कि सक्दैन?’ केसीले प्रश्न गरे। ६४ सालदेखि नै राष्ट्रिय जनमोर्चाले नेपालमा संघीयता सम्भव छैन भन्दै आएपनि ठूला दलहरुले संघीय प्रणाली ल्याएको भन्दै उनले अहिले जनताले पनि संघीयता नचाहिने बताउन थालेको जिकिर गरे। तीन तहको सरकार निर्माण भएपछि जनतामा करको भार थपिएकाले पनि जनता आजित भएको केसीको तर्क थियो। च्याङ्ग्रादेखि साग बेच्नेसम्मलाई करको भार थोपरिएको भन्दै केसीले आपत्ति प्रकट गरे। उनले भने, ‘अहिले च्यांग्रा बेच्नेलाई संघीयता के हो भनेर थाहा भैसकेको छ।’ 

अनावश्यक करकै कारण संघीयता धरापमा परेको उनको तर्क थियो। एउटा नेपाल चलाउन नै कठिन भएको अवस्थामा सातवटा प्रदेश सातवटा देश जस्तो भएको भन्दै केसीले कुनै हालतमा संघीयता सफल नहुने ठोकुवा गरे। 

सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै केसीले महङ्गी र कालोबजारी रोक्न नसकेको सरकारले रेल र पानी जहाजको सपना बाँडेर अलमल्याएको आरोप लगाए। 

यातायात क्षेत्रको सिन्डिकेट, ३३ किलो सुन, निर्मला पन्त हत्या प्रकरण लगायतका विषयमा सरकार चुकेको केसीले बताए। सरकारले राम्रो काम गर्न सक्ने संकेत नदेखिएको भन्दै केसीले भने, ‘धानकाछाँट पराले देखेर चिनिन्छ।’ 

केसीले काठमाडौं महानगरपालिकाले पनिउल्लेख्य काम गर्न नसकेको आरोप लगाए। उनले महानगरमा जनप्रतिनिधी चुनिएर आएको डेढ वर्षसम्म कुनै काम हुन नसकेको जिकिर गरे। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *