बिराटनगरमा प्रविधि मेला हुने

बिराटनगर, कात्तिक १३ । बिराटनगरलाई सुचना प्रविधिको गन्तव्य बनाउने उदेश्य सहित आइसिटी एक्स्पो २०१८ हुने भएको छ । लिभिङ विथ आइसिटीे मिडियाले आयोजनामा आगामी पुस ६ गतेदेखि १० गतेसम्म पहिलो पल्ट आइसिटी एक्स्पो हुन लागेको हो । 

लिभिङ विथ आइसिटीे मिडियाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश न १ को अस्थायी राजधानी बिराटनगरमा एक्स्पोको आयोजना गरिने जानकारी दिएको हो । आयोजक समितिका प्रचार प्रसार अध्यक्ष राजन लम्सालले एक्स्पोमा सुचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु, प्राेडक्ट र सेवाहरु प्रदर्शनमा रहेने जानकारी दिए । 

बिराटनगरस्थित जैन भवनमा आयोजना हुने एक्स्पोमा १ सय बढी स्टल रहने एक्स्पोमा आइटी शिक्षा, ज्ञान, आविस्कार र उद्यमशिलतालाई प्रवद्र्धन गर्ने मुख्य उदेश्य राखिएको अध्यक्ष लम्सालले बताए ।आईसिटी एक्स्पो प्रचार प्रसार संयोजक पर्वतराज झाले प्रदेश नं १ अन्तर्गतका जिल्लामा सुचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा सस्थाहरु सहित काठमाण्डौँबाट अन्तराष्ट्रिय प्रोडक्ट तथा ब्राण्डको प्रदर्शनीमा सहभागिता रहने जानकारी दिए । 

null

एक्स्पोमा पाँच प्रतिशत कर्मशियल आइटी प्रोडक्ट तथा सेवाहरुको स्टल रहनेछन भने पाँच प्रतिशत स्टलहरु आइटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट, गेमिङ जोन सहितका साइन्स एक्जिविसनका रहनेछन । संयोजक झाका अनुसार एक्स्पोमा स्थानिय निकायहरुलाइ समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसप, कन्फ्रेन्स समेत सञ्चालन हुनेछ । एक्स्पोमा आइसिटी अवार्डका बिजेताहरुले समेत नयाँ प्रविधीहरुको प्रदर्शन समेत गरिने आयोजक संस्थाले बताएको छ । काठमाण्डांै सहित प्रदेश नं १ र २ का २ लाखभन्दा बढिले उक्त प्रदर्शनीको अवलोकन गर्ने आयोजक पक्षले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *