नेकपाले चियापान कार्यक्रममा फजुल खर्च गर्योः बाबुराम भट्टराई

कात्तिक, १० काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेकपाको चियापान कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले ५० हजारलाई भोज खुवाई नेकपाले फजुल खर्ग गरेको टिप्पणी गरेका छन्  । 

भट्टराईले भने  ‘गरीब देशको सर्वहारावर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ, जय होस् ’ 

null

चियापान समारोहमा आफू सहभागि नहुने घोषणा गरेका भट्टराईले सामाजिक सञ्जालमार्फत नै शुभकामना भने दिएका छन् । एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रण पत्र प्राप्त भएको जनाउँदै भट्टराईले भनेका छन्, ‘एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद, तपाईंहरू सबैको भलो होस्,हाम्रो पनि शुभकामना नेकपाले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागिएको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरेको छ भने करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *