अभिनेत्री दीपिका र निर्देशक दिवाकरले कसे लगनगाँठो

२०७५ कार्तिक १० गते

हाल प्रदर्शनरत: ‘छक्का पञ्जा ३’की अभिनेत्री दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी छन्।
दीपिकालाई दिवाकरले ‘ऐश्वर्या’ फिल्मबाट डेब्यू गराएका थिए। दुबैले शनिबार बिहान आ-आफ्नो फेसबुकमा ‘ऊ मेरो’, ‘ऊनी मेरो” भन्दै एउटै प्रोफाइल तस्विर राखेका छन्।
निर्देशक भट्टराईले आफूहरू विवाह बन्धनमा बाँधिएको बताए। उनले करिब एकवर्षअगाडिदेखि आफूहरू कानुनीरूपमा पतपत्नी भएको पनि खुलासा गरेका छन्।
null
‘ऐश्वर्या रिलिज पछि कोर्टम्यारिज गरेका हौं’, दिवाकरले सेतोपाटीसँग भने, ‘पारम्परिक विवाह भने केहि समयपछि हुनेछ।’
दुई महिना अगाडिनै उनीहरूले पारिवारिक उपस्थितिमा ‘इन्गेजमेन्ट’ गरेका हुन्। दुबै जना आज अपरान्ह एकसाथ छुट्टी मनाउन बैंकक जाँदैछन्।

२०७५ कार्तिक १० गते
प्रतिक्रिया
सम्बन्धित