हेमकार परिवार हत्याकाण्डका अभियुक्त जेल चलान

नेपालगञ्ज। नेपालगञ्जका सुनचाँदी व्यवसायी हेमकार परिवारको हत्या आरोपमा पक्राउ परेका  किशोरीलाल सोनी कारागार चलान भएका छन्। 

१३ वर्षअघि हेमकार परिवार सदस्यको हत्या गरी फरार रहेका भारतको उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार घर भई लखनउ सीतापुर प्रियदर्शनी कोलोनीमा बस्दै आएका ६५ वर्षीय किशोरीलाल सोनीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बाँके प्रहरीले जनाएको छ। 

जिल्ला अदालत बाँकेको आदेशअनुसार उनलाई मंगबार कारागार चलान गरिएको हो। 

null

२०६२ फागुन २३ गते नेपालगञ्जका सुनचाँदी व्यवसायी हेमकार परिवारका बुहारी बाहेक सबैको हत्या भयो। मारिनेमा गुलामदेवी हेमकार, जगदेव हेमकार, सीतादेवी हेमकार, दीपक हेमकार र पसलमा काम गर्ने १५ वर्षे रामसनिच्चर चौधरी थिए। उनीहरुको हत्या गरेर २९ लाख रुपैयाँ बराबरको सुनचाँदीका गहना लुटिएको थियो। 

घटना भएको १३ वर्षपछि असोज १४ गते बाँके प्रहरीले हत्याको आरोपमा किशोरलाललाई पक्राउ गरेको थियो।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *