निर्मला हत्या प्रकरणः गृहमन्त्रालय पुग्यो एसपी विष्ट र प्रहरी निरिक्षक भट्टको स्पष्टीकरण पत्र
कात्तिक ७, काठमाडौँ । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीय निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा तानिएका निलम्बित एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको स्पष्टीकरण पत्र गृहमन्त्रालयमा बुझाइएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले बुधवार दिउँसो एसपी विष्ट र भट्टको स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएको हो ।
प्रहरी प्रधान कार्यालयले गएको असोज २९ गते कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट तथा प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्न सिफारिससहितको पत्र गृह मन्त्रालयलमा पठाएको थियो ।
null
त्यहि सिफारिसको आधारमा गृह मन्त्रालयले आइतबार एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई २४ घण्टा भित्र प्रमाणसहित स्पष्टिकरण पेश गर्नका लागि पत्र काटेको थियो ।
प्रहरी निरीक्षक भट्टले सोमबार नै प्रहरी प्रधान कार्यालयमा पत्र बुझेर मङ्गलबार नै स्पष्टीकरण दिएका थिए । तर एसपी विष्टले भने समय नभएको भन्दै मङ्गलबार मात्र स्पष्टीकरण पत्र बुझेका हुन्।
स्पष्टीकरण चित्त नबुझेको खण्डमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने अधिकार गृह सचिवसँग हुन्छ।
निर्मलाको हत्या अनुसन्धान गर्न बनेको उच्चस्तरीले छानविन समितिको प्रतिवेदनमा एसपी विष्टले घटनाको अनुसन्धानमा लापरबाही गरेको निष्कर्ष निकालेसँगै उनी कारबाहीमा परेका हुन् ।