बुहारी बलात्कार गरेकाे अाराेपमा ससुरा पक्राउ

असाेज २९, कैलाली । अाफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा लम्कीचुहा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने धम्की दिँदै उनले आफ्नी १६ वर्षीया बुहारीलाई पटक पटक बलात्कार गरेको बताइएको छ । लम्कीचुहा ईलाका प्रहरी कार्यालयमा दर्ता भएको किटानी जाहेरीपछि प्रहरीले स्थानीय ५० वर्षिय राम बहादुर नेपालीलाई पक्राउ गरेको जनाएको छ । 

ईलाका प्रहरी कार्यालय, लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार आरोपीमाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरी थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, कैलाली चलान गरिएको छ । पीडित सपना (नाम परिवर्तन) को २०७४ मंसिरमा लम्कीचूहा नगरपालिकाका १७ वर्षीय हरिबहादुर (नाम परिवर्तन) सँग प्रेमविवाह भएको थियो । 

पीडित सपनाले विहे लगत्तै परिवार भारतको हिमाञ्चल प्रदेशको रुडु भन्ने ठाउँमा काम गर्न गएको बताइन् । उनले भनिन्–“इन्डिया गएपछि ससुराले मानसिक यातना दिँदै कुटपिट गर्न थाले । घरका कोही पनि सुसराको डरले बोल्नै सक्दैनथे । गत भदौमा डेरामा कोही नभएको बेला ज्यान मार्ने धम्की दिँदै मलाई बलात्कार गरे ।” 

null

पीडित सपनाका अनुसार ससुराको कुकर्मबारे बिस्तारै आफ्ना श्रीमान र घरका अरू सदस्यलाई थाहा भयो । तर, डरले कसैले विरोध गर्न सकेनन् । उनले भनिन्–“मार्ने काट्ने धम्की दिन थालेपछि हामी अन्यत्र बस्न थाल्यौं, श्रीमानले भारतीय प्रहरीमा निवेदन दिए, त्यो थाहा पाएर ससुराले ‘जंगलमा लुक्न जाऔं,नगए मार्छु’ भनेर धम्की दिए, हामी जंगलतर्फ गयौं । त्यहाँ ससुराले चार दिनसम्म पटक पटक बलात्कार गरे ।” पीडित सपनाका अनुसार जंगलमा लुकेर बसेका बेला सासू, नन्द र देवरले जंगलमै खाना पुर्‍याउने गरेका थिए । 

उनीहरू चार दिनपछि डेरामा फर्किए । “सासूले पैसाको व्यवस्था गरी हामीलाई नेपाल पठाइन् । तर, ससुराले घर नर्फकिर्इ बम्बै जाउ भनेर दवाव दिन थाले” पिडित सपनाले भनिन् । उनका अनुसार, “यो घटनाबारे कसैलाई भन्दिन, घर जाऔं” भनेपछि बल्ल फर्किन तयार भए । 

असोज २१ गते माइतीमा पुगेपछि उनका श्रीमानले माइती पक्ष र गाउँका अगुवालार्इ अाफ्नै बुवाको अपराधबारे जानकारी दिँदा केहि महिलाले प्रहरीलाई खबर गरेको लगत्तै प्रहरीले ससुरालाई पक्राउ गरेको हाे । पटकपटकको बलात्कारबाट बुहारी गर्भवती भएको बताइएको छ । 

उनी अहिले माइतीमा बसेकी छन् । “गर्भवती भएकी छु । बच्चा जन्मियो भने मर्नुबाहेक मसँग अरू उपाय हुने छैन । त्यसैले कानूनी रूपमा गर्भपतन गर्न मलाई सहयोग गर्नुपर्‍यो ।” 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *