फेसबुकमा आपत्तिजनक तस्बिर सेयर गरेको आरोपमा स्वामी देवसुन्दर पक्राउ

कात्तिक १४, काठमाडौँ । काठमाडौँस्थित ओशो तपोवनका प्रमुख स्वामी आनन्द अरुणको आपत्तिजनक तस्बिर फेसबुकमा सेयर गर्ने अर्का स्वामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

तपोवनका संरक्षक तथा प्रमुख आनन्द अरुणले एक महिलाबाट गोडा मसाज गराउँदै गरेको महिलासहितको तस्बिर फेसबुकमा सेयर भएपछि ती महिलाले आफ्नो अपमान भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । 

सोही उजुरीका आधारमा प्रहरीले साइबर अपराधअन्तर्गत स्वामी देव सुन्दरलाई तीन दिनअघि पक्राउ गरेको हो । 

null

स्वामी देवसुन्दरका समर्थकहरुले यस घटनालाई तपोवनका हुने गरेका खराब गतिविधि बाहिर ल्याउन खोज्दा त्यसलाई दबाउनका लागि झुठो आरोपमा उनलाई पक्राउ गरिएको दाबी गरेका छन्। 

तर उजुरी दिने महिलाले भने तपोवनमा बाहिर भनिएजस्ता कुनै खराब गतिविधि नहुने बताउँदै प्रहरीमा उजुरी दिएकी हुन्। 

यस घटनाका सम्बन्धमा कानुनी प्रक्रिया सुरु भएको र आफूहरुले अनुसन्धान गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जानकारी गराएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *