एनआईसी एशियाले ४ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै

कात्तिक ७, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । एन आई सी एशिया बैंकले ४ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । 

बैंकले १,००० अंकित दरका ४०,००,००० कित्ताले हुन आउने रु.४ अर्ब बराबरको “११५ एनआई सी एशिया ऋणपत्र २०८५/८६” निष्काशनको निमित्त नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ । 

यसअघि बैंकले जारी गरेको रु १ अर्ब ८३ करोड रुपैंयाँको “११५ एनआई सी एशिया ऋणपत्र २०८२/८३” सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको छ । 

null

प्रस्तावित ११ प्रतिशत ब्याज भएको यस ऋणपत्र लगानी कर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएकोे छ । 

उक्त ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता पत्रमा एन आई सी एशिया बैंक लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र नेपाल एस बि आई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपि राजपन्तले हस्ताक्षर गरे । 

रु.४ अर्ब बराबरको ऋणपत्र मध्ये ८० प्रतिशत (रु ३ अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (रु ८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्कासन तथा बिक्री खुला गरिन बैंकले जनाएको छ । 

प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक ब्याज दरले अर्ध वार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *