नुवाकोट र सिन्धुलीमा बस दुर्घटना, तीन जनाको मृत्यु

नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । 

मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । 

बा १ ख ६३५६ नंको बस दुर्घटनामा हुँदा बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको छ । 

null

गणेशस्थानको छेरी खोलामा आइपुग्दा बस अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । 

त्यस्तै सिन्धुलीको मुरकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । 

सिन्धुलीको मरिङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ९१२ नं को यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको हो भने ६ जना घाइते भएका हुन् । ८ जना यात्रु सवार बस सडकबाट ३०० मिटर तल खस्दा सो दुर्घटना भएको हो । 

घाइतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *