पीपीएलमा आज पारस र सोमपाल तथा दिपेन्द्र र ज्ञानेन्द्रको टिम भिड्ने

काठमाडौं – पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेट अन्तर्गत शनिबार २ वटा खेल हुने भएका छन् ।  

पहिलो खेलमा शनिबार बिहान ९ बजे चितवन राहिनोज र बुटवल ब्लास्टर्स भिड्ने छन् । चितवन राहिनोज नेपाली राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्काको नेतृत्वमा रहेको छ भने बुटवल पनि ओपनर बलर तथा अलराउण्डर सोमपाल कामीको कप्तानीमा रहेको छ । 

यसैगरी शनिबार दिउँसो १ बजे काठमाडौं रोयल्स र धनगढी ब्लूज भिड्ने छन् । काठमाडौं ज्ञानेन्द्र मल्लको कप्तानीमा रहँदा धनगढीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन् । 

null

प्रतियोगिता अन्तर्गत शुक्रबार भएको उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनले विराटनगर टाइटन्समाथि ५८ रनको जित निकालेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *