मलेसियाको श्रम समझदारी कार्यान्वयन नहुने म्यानपावरको चेतावनी

कात्तिक १३, काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले मलेसियासँग भएको श्रम समझदारी कार्यान्वयन नहुने बताएका छन् । व्यवसायीले आफूहरुसँग कुनै सल्लाह नगरी गरिएको सम्झौता कार्यान्वयन नगर्ने चेतावनी दिएका हुन् । 

संवाद चौतारीले काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष रोहन गुरुङले सेवा शुल्क कम भएकाले कामदार पठाउन नसक्ने बताए । म्यानपावरको सेवा शुल्क बढाउन र दायित्व पनि प्रस्ट पार्न सरकारको ध्यानाकर्षण गराउने तयारी भएको व्यवसायीले बताए । 

अहिलेकै अवस्थामा मलेसियाका रोजगारदाताले नेपाली कामदारको माग समेत नपठाउने भएकोले व्यवसाय नै धरासयी बन्ने उनीहरुको भनाई छ । 

null

नेपाली कामदारको माग सेक्युरिटी गार्डमा मुख्य गरी भएपनि ती क्षेत्रमा सरकारले नै कामदार पठाउने शंका व्यवसायीको छ । नेपालबाट कामदार लिँदा एकजना बराबर एक लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने भएकाले पनि कामदार लिने सम्भावना कम रहेको उनीहरुको भनाई छ । 

 

कामदार पठाउँदा सबै खर्च रोजगारदाताले व्यहोर्ने गरी सोमबार मलेसियासँग श्रम समझदारी भएको छ । व्यवसायीले कामदारले पाउने एक महिनाको तलब बराबरको रकम सेवा शुल्क वापत पाउनुपर्ने माग गरिरहे पनि सरकारले वेवास्ता गरेको बताएका छन् । 

मलेसियासँग एक महिनाको तलब बराबर सेवा शुल्कको कुरा नगरेको भन्दै व्यवसायीले गुनासो गरे । संघका पूर्व अध्यक्ष बिमल ढकालले सरकारको यो निर्णय क्षणिक लोकप्रियता कमाएपनि फ्रि भिसा फ्रि टिकट जस्तै कार्यान्वयन नहुने बताएका छन् । 

यो निर्णयविरुद्ध व्यवसायी एक भएर जाने पूर्वध्यक्ष ढकालको भनाई छ । अन्य देशमा पनि मलेसियाले यही अनुसारको श्रम सम्झौता नगरे नेपाली कामदारको रोजगारी खोसिने र देशकै अर्थतन्त्रमा असर गर्ने व्यवसायीको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *