तीनकुनेमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कात्तिक ७, काठमाडौँ । काठमाडौँको तीनकुनेमा बा ४६ प ४७९२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका–५ जिलु घर भई आल भक्तपुर दधिकोट बस्ने ५१ वर्षीय हरिबहादुर बस्नेत रहेका छन् । 

दुर्घटनामा गम्भीर घाईते भएका बस्नेतको निजामती अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *