‘स्व. चन्द्रबहादुर गुरुङ्ग स्मृति कप’ को उपाधि विश्वभाषा क्याम्पसलाई

काठमाडौँ, असोज १४ । ‘स्व. चन्द्रबहादुर गुरुङ्ग स्मृति कप’ को उपाधि विश्वभाषा क्याम्पसले हात पारेको छ । 

प्रथम स्व. चन्द्रबहादुर गुरुङ्ग स्मृति अन्तर कलेज भलिबल प्रतियोगितामा हिमालयन ह्वाइटहाउस क्याम्पस सातदोबाटोलाई पराजित गर्दै विश्वभाषा क्याम्पसले सो उपाधि हात पारेको हो । प्रतियोगितामा हिमालयन ह्वाइटहाउस क्याम्पस द्धितिय भएको छ भने अमृत साइन्स क्याम्पसले तेस्रो स्थान हासिल गरेको छ । 

अमृत साइन्स क्याम्पसलाई पराजित गर्दै विश्वभाषा आइतबार नै फाइनलमा प्रवेश गर्न सफल भएको थियो । सोमबारको पहिलो खेलमा हिमालयन ह्वाइटहाउस क्याम्पसले हिकास्ट क्याम्पसका टोलीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा हिकास्ट कृषी क्याम्पसलाई पराजित गर्दै अमृत साइन्स क्याम्पसले तेस्रो स्थान हासिल गरेको हो । 

null

प्रतियोगीताको उपाधी हात पारेको विश्वभाषा क्याम्पस टोलीले नगद २५ हजार सहित गोल्ड मेडल, प्रमाणपत्र र रनिङ्ग कप प्राप्त गरेका छन् । द्धितीया भएको हिमालयन कलेजले नगदसहित प्रमाणपत्र र सिल्भर मेडल प्राप्त गरेका छन् भने तृतीय स्थान हासिल गरेको अमृत साइन्स क्याम्पसले नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी अमृत साइन्स क्याम्पसका असोक क्षेत्री भए । प्रमुख अतिथ्यता ग्रहण गरेका राप्रपाका महामन्त्री भास्कर भद्रा लगायत अन्य अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । 

आयोजक राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सम्पुर्ण रेफ्री, मिडिया पार्टनर, प्रतिष्ठान तथा अन्य भुमिकामा रहि सहयोग गर्ने सम्पुर्ण व्यक्तित्वहरुलाई सम्मान गर्दै मायाको चिनो वितरण गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *