मलामी बोकेको जिप दुर्घटना हुँदा एकै गाँउका १३ जना घाइते

काठमाडौँ, असोज १६ । अर्घाखाँचीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकै गाउँका १३ जना घाइते भएका छन् । सडकबाट जिप करिब २ सय ५० मिटर तल खसेको हो । 

मलामी बोकेर अर्घाखाँचीको मालारानी गाउँपालिका हंसपुर–६ तर्फ जाँदै गरेको लु १ ज २३६९ नम्बरको जिप गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको सितगंगा नगरपालिका–२ भुवनपाटा फलाचौरको मोडमा दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । 

घाइते हुनेमा अर्घाखाँची मालारानी ६ हंशपुर रतनमारेका ४३ वर्षीय नर बहादुर पुन, सोही ठाँउका ५४ वर्षीय टिका बहादुर पुन, २३ वर्षीय नारायण अधिकारी, ४२ वर्षीय यज्ञ बहादुर पुन, २९ वर्षीय अर्जुन पुन, ३५ वर्षीय ज्ञान बहादुर पुन, २४ वर्षीय भबिश पुन, २८ वर्षीय बालकृष्ण शाह, घाइते भएका छन्। 

null

यस्तै, मालारानी ५ का २३ वर्षीय बिशाल बस्नेत, ४५ वर्षीय शिव बहादुर घर्तिमगर, ४८ वर्षीय उदय पुन, ४८ वर्षीय बम बहादुर पुन र २७ वर्षीय सुरेश पुन घाईते भएका छन्। जिप दुर्घटनामा घाइते भएकाहरुको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाईते मध्ये बालकृष्ण शाह, विशाल बस्नेत, बम बहादुर पुन, यज्ञ बहादुर पुन, उदय पुन, टिकाराम पुन र नर बहादुर पुनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *