प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार, यस्तो अायाे रिपोर्ट

कात्तिक १३, काठमाडौँ । त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । 

केही दिनदेखि अस्वस्थ रहेका उनलाई आइतबार बेलुकीदेखि अलि गाह्रो भएपछि सोमबार बिहान ४ बजेतिर अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री उपचाररत त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्रीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित रहेको जानकारी दिएको थियो । 

अहिले भने उनको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रक्तचाप र मधुमेह पनि नियन्त्रणमा आएको जनाइएको छ । 

null

उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छातिरोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली खटिएको छ । 

यसरी नै सुधार आउँदै गएमा चाँडै घर फर्काउने अस्पतालले जनाएको छ । ओली अस्पताल भर्ना भएसँगै प्रधानमन्त्रीको सचिवालयले शनिबारसम्मका उनका सबै औपचारिक कार्यक्रम रद्द गरेको छ। 

प्रधानमन्त्री ओली स्वास्थयमा समस्या आएपछि आफ्नै पार्टीको चियापान कार्यक्रममा समेत उपस्थित हुन सकेका थिएनन् ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *