पीपीयलः धनगढीले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

कात्तिक ११, काठमाडौँ । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत भएको खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १८३ रनको लक्ष्य दिएको छ । 

बिहान ९ बजेदेखि शुरु भएको खेलमा टस हारेर ब्याटिङ रोजेको धनगढीले निर्धारित २० ओभरमा १८२ रन बनायो । 

३८ रनमा तेस्रो विकेट गुमाएको धनगढीका लागि दिपेन्द्र सिंह ऐरीले २९ र पिटर ट्रेगोले ५३ रन बनाए । पीपीएलमा अर्धशतक हान्ने ट्रेगो चौथो खेलाडी बने । 

null

त्यस्तै टिमका लागि सन्दीप जोराले १२ र सन्दीप सुनारले ९ रनको योगदान दिए । धनगढीका लागि शानदार प्रदर्शन गर्दै सौरव खनालले १३ बलमा ४१ रन प्रहार गरे ।  

बलिङमा विराटनगरका लागि जितेन्द्र मुखियाले ४, सन्दीप लामिछानेले एक, मोहम्मद आलम, किशोर महतो र सुनिल धमलाले समान एकएक विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *