३३ किलो सुन तस्करी प्रकरणः दुबईमा समातिए अभियुक्त बेनु

असोज २९, काठमाडौँ । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा थप एक व्यक्ति पक्राउ परेका छन् । 

प्रहरीले खोजी गरिरहेको सुनसरी इटहरी उपमहानगरपालिका घर भएका ३२ वर्षीय बेनु श्रेष्ठ दुबईबाट पक्राउ परेका हुन् । इन्टरपोल प्रहरीको सहयोगमा नियन्त्रणमा आएका उनलाई आइतबार करिब दिउँसो ३ बजे काठमाडौँ ल्याइएको हो । 

काठमाडौंको न्यूरोडस्थित सुन पसलका सञ्चालक रहेका बेनुविरुद्ध जिल्ला अदालत मोरङमा फरार अभियुक्तका रुपमा मुद्दा दायर गरिएको थियो । सनम शाक्य हत्याका मुख्य अभियुक्त टेकराज मल्ललाई तस्करीमा प्रयोग गर्ने पनि उनी नै थिए । 

null

सुन प्रकरणमा जिल्ला अदालत मोरङको आदेश अनुसार थुनामा रहेका केही प्रहरीलाई भने उच्च अदालत विराटनगरले थुना मुक्त गर्न आदेश दिइसकेको छ । 

दुबईमै पक्राउ परेका श्रेष्ठका व्यावसायिक साझेदार तथा चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। चूडामणि उप्रेती ‘गोरे’सहित १३ जनाविरुद्ध इन्टरपोलले वारेन्ट नोटिस जारी गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *