बारामा ६ वर्षीय बालकको अपहरणपछि हत्या, दुई जना पक्राउ

२८ असोज, काठमाडौं । बारामा ६ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । फिरौती बापत माग गरेको रकम नपाएपछि अपहरणकारीले बारा सिम्रौनगढ–३ मा ६ वर्षीय बालक दीपक प्रसाद यादवको हत्या गरेका हुन् । 

स्थानीय धनेश्वर यादवका छोरा दीपकको चार दिन पहिले अर्थात् २४ गते दिउँसो ५ बजे अपहरण भएको थियो । 

अपहरणकारीले फिरौती वापत १० लाख रुपैयाँ माग गरेका थिए । फिरौती रकम नपाएपछि उनको हत्या भएको हो । 

null

हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय, बाराले स्थानीय १७ वर्षीय हरेन्द्र कुमार कुसवाह र श्याम पैठालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएपछि प्रहरीले प्रहरीले उनीहरु मार्फत् बेलुका नै नजिकैको जंगलमा बालकको शव फेला पारेको थियो । 

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *