गुल्मीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

असोज २९, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बाग्लुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कँदै गरेको लु १ ज २१८१ नम्बरको जिप गुल्मीको चन्द्रकोटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । 

दुर्घटनामा मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । 

गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *